ओली र नेपालबीच वार्ता हुने तय, समय अनिश्चित

डिसी नेपाल
७ साउन २०७८ २०:०८
1.1k
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। भेटवार्ताका लागि दुबै नेताहरु तयार भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पुष्टि गरेका छन्।

नेम्वाङले डिसी नेपालसँग भने, ‘भेटका लागि उहाँहरु तयार हुनु भएको छ। सकेसम्म आजै भेट गर्ने कुरा छ। आज समय मिलेन भने भोलि भेट हुन्छ।’ ओली र नेपालबीच पछिल्लो पटक सिंहदरबारमा भेटवार्ता भएको थियो। सो भेटवार्तापछि कार्यदलसमेत गठन भएको थियो। सो कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव तयार पारे पनि वरिष्ठ नेता नेपालले भने त्यसलाई अस्वीकार गरेका छन्। तर, ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भने सो १० बुँदे सहमतिलाई अनुमोदन गरेको छ।

पछिल्लो पटक माधव समूहका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेपछि ओलीले उनीहरुलाई स्पष्टीकरण सोधेका थिए। उनीहरुले विहीबार स्पष्टीकरण दिए पनि विहीबार नै सकिएको केन्द्रीय कमिटी बैठकले भने उनीहरुमाथि कारबाहीको निर्णय गरेन। केन्द्रीय कमिटीले एमालेलाई एकतावद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएपछि दुई नेताबीच भेट गर्ने तय भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *