पदबाट राजीनामा दिएका अमरेशमाथि कारबाही गर्न सभापति देउवा समक्ष सर्लाहीका काँग्रेस नेताको पत्र
काठमाडौं। क्रियाशील सदस्यता विवादका कारण पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर समक्ष राजीनामा बुझाएका काँग्रेस सांसद अमरेश सिंहमाथि कारबाही गर्न उनकै जिल्लाका काँग्रेस नेताहरुले माग गरेका छन्।
सर्लाही ४ बा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सिंहले बुधबार देउवा समक्ष सांसद पदबाट राजीनामा बुझाएका छन्। यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन। उनले पार्टी ठेकादारको कब्जामा जान लागेको भन्दै राजीनामा दिएको बताउने गरेका छन्।
तर अवस्था सिंहले भने जस्तो छैन। उनीमाथि उल्टै कारबाही हुनुपर्ने सर्लाही काँग्रेसका नेताहरुको माग छ। प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, पार्टीका नेताहरुलगायत १२ जनाले सभापति देउवालाई पत्र लेखेर सिंहकै कारण पार्टी धरासायी बन्ने अवस्थामा पुगेको भन्दै उनीमाथि कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने धम्की दिएका छन्।
सिंह पार्टीका गतिविधिमा सहभागी नहुने, उल्टै पार्टीमा तानाशाही प्रवृति देखाउने जस्ता आरोप उनीहरुले लगाएका छन्। उनीहरुले सिंहले पार्टी कार्यालयमा केही कार्यकर्तालाई उक्साएर धर्ना बसालेकोसमेत आरोप लगाएका छन्।
काँग्रेसको महाधिवेशन मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता विवाद चुलिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment