नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। काँग्रेस सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाकाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
देउवा सरकार बनेको १३ दिनपछि स्वास्थ्य मन्त्रालयले राजनीतिक नेतृत्व पाएको हो। कोरोना महामारीका बेला स्वास्थ्य मन्त्रालय राजनीतिक नेतृत्वविहीन बनेपछि आलोचना भइरहेको थियो। सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटन् नसकेकाले प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकिरहेका छनैनन्। असार ३० मा शपथ ग्रहणपछि देउवाले चारजना मन्त्रीसहितको ५ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए। अब मन्त्रिमण्डल ६ सदस्यीय बनेको छ।
स्वास्थ्य मन्त्रालय कुन पार्टीको भागमा पर्छ भन्ने यकिन नभइरहेका बेला श्रेष्ठलाई राज्यमन्त्री बनाइएको हो। श्रेष्ठ काँग्रेसका धनाढ्या सांसदमा पर्छन्। उनी निजी विद्यालय सञ्चालकसमेत हुन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment