हेडकाउन्टका लागि जेलबाट निर्वाचन आयोग पुगे रेशम चौधरी
काठमाडौं। जनता समाजवादी पार्टी ‘जसपा’को आधिकारीकताको विवाद्को आज टुङ्गो लाग्ने भएको छ । ५१ सदस्यीय कार्यकारिणी सदस्य भएको जसपा मा उपेन्द्र यादव पक्षले ३४ कार्यकारिणी सदस्य जुटाएर बहुमत पुर्याइसकेका छन्। महन्थ ठाकुर पक्षका १६ सनाखत गरेका छन्।

कारागारमा बसिरहेका निलम्बित प्रतिनिधिसभा सदस्य रेशम चौधरी पनि आफ्नो मत दिन निर्वाचन आयोग पुगेका छन्। आयोगमा पुगेका चौधरी सुरुमा यादव पक्षले सनाखत गरेको कक्षमा गएका थिए भने अहिले ठाकुर पक्षले सनाखत गरेको कार्यकक्षमा प्रवेश गरेका छन्।
संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले पार्टी आफ्नो माग मुद्धामा अडिक रहेको र पार्टीको विवाद्बारे नेताहरुसँग छलफल गरेर आफ्नो मत दिने धारणा राख्दै अहिले ठाकुरपक्षले सनाखत गरेको कार्यकक्षमा प्रवेश गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment