जसपा विवाद : रेशम चौधरी तटस्थ
काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्। उनले जसपाका दुबै पक्षका नेतासँग कुरा गरेर बाहिर निस्केपछि आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए।
जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए। आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।उनी निलम्बित प्रतिनिधि सभाका सांसद तथा केन्द्रीय कार्यकारिणीका सदस्य हुन्।
जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो। उनलाई जेलबाट कडा सुरक्षाबीच निर्वाचन आयोग लगिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment