फ्रान्सेली मिडफिल्डर कान्टे अझै पाँच बर्ष चेल्सीमै रहने
एजेन्सी । इन्ग्लिश क्लब चेल्सीका मिडफिल्डर एन’ गोलो कान्टे सन् २०२३ सम्म चेल्सीमै रहने भएका छन्। फ्रान्सेली मिडफिल्डर कान्टेले चेल्सीसंग पाँच बर्षे नयाँ सम्झौता गरेका छन्।
चेल्सीले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै कान्टेले क्लबसंग नयाँ सम्झौता गरेको जनाएको छ। सम्झौतासंगै कान्टे सन् २०२३ सम्म चेल्सीको प्लेमेकर भूमिकामा देखिने भएका छन्।
२७ बर्षिय कान्टे सन् २०१६ मा लेष्टर सिटीबाट चेल्सी आएका थिए। लेष्टरले सन् २०१६ को प्रिमियर लिगको उपाधि जित्दा कान्टेले महत्वपूर्ण भूमिका खेलेका थिए।
चेल्सीसंग सम्झौता गरेपछि कान्टेले क्लबसंगको सम्झौता नवीकरण गर्न पाउदा खुसी लागेको बताए।
‘चेल्सीसंगको सम्झौता थप गर्दा म निकै खुसी छु,’ कान्टेले भने, ‘यो दुई बर्ष निकै राम्रो रह्यो । म अझै यहाँ रहदा निकै खुसी लागेको छ ।’
कान्टेले चेल्सीका लागि १०५ खेलमा ४ गोल गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment