मन्त्रिपरिषद विस्तार गर्ने विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

डिसी नेपाल
१२ साउन २०७८ १०:४९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार विहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको बताए।

निर्वाचन आयोगले जसपाको आधिकारिकता टुंगो लगाएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल भएको थियो।

जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएपछि सरकार विस्तार गर्न प्रधानमन्त्री देउवालाई सहज भएको छ। उपेन्द्र यावलले अब चाँडै सरकारम सहभागी हुने बताइसकेका छन्। प्रधानमन्त्री देउवाले कसैसँग सल्लाह नगरी स्वास्थ्य राज्यमन्त्री नियुक्ती गरेको भन्दै आलोचना भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *