महाकालीको झोलुङ्गे पुल मर्मत शुरु
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ । दैनिक छ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।
नगर प्रवक्ता सिजालीले भने, “पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ ।” बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । आगामी दुई/तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment