मस्तिस्क घातका बिरामीका लागि प्रभावकारी नयाँ उपचार पद्धति
काठमाडौं। मेडिकल साइन्सले बिरामी मानिसहरुको उपचारमा छोटो समयमा ठूलो छलाङ मारिरहेको छ। एक पछि अर्को सफलता हासिल गरीरहेको मेडिकल साइन्सले आजसम्म नयाँ रोगहरूको पहिचान, निदान र उपचारमा ठूलो फड्को मारिरहेको छ।
मस्तिस्क घात र ब्रेन हेमोरेज जस्तो गम्भिर प्रकृतिका बिरामीका लागि प्रचलित विधि कम प्रभावकारी भएका कारण नयाँ पद्धतिको रुपमा न्युरो इन्टरभेन्सन विधी सुरुवात भएको छ। युरोप र अमेरिकाबाट सुरु भएको यो उपचार विधि हाल नेपालमा पनि पुगेको छ।
नेपालमा यसको सुरुवात डा. सुवास फुयाँलले गरेका छन्। नेपालको पहिलो न्युरो इन्टरभेन्सानिस्ट डा. फुयाँलले भारतमा आफ्नो पढाई सकाएर आफ्नै देशका नागरिकहरुको उपचारका लागि स्वदेश फर्किएको बताएका छन्।
मस्तिस्क घात र ब्रेन हमोरेजका बिरामी लगाएतका बिरामीका लागि उपयुक्त मानिएको यस उपचार विधिका बारेमा डा. फुयाँलसँग गरिएको कुराकानी :
न्युरो इन्टरभेन्स भनेको के हो ?
न्युरो इन्टरभेन्सन भनेको एक प्रकारको उपचार पद्दती हो। यो मिनिमम इन्जेभिव टेक्निक मार्फत दिमागको नशाको उपचार गरिन्छ।
शरीरको विभिन्न भागहरु जस्तै टाउको, खुटा, हातको नशाहरु एकअर्कामा जडित हुन्छन्, जसको कारण एकको मार्फत अर्कोको अवस्था बुझ्न सकिन्छ। न्युरो ईन्टरभेन्सन यस्तो उपचार विधि हो, जसमा दिमागमा रगत पुर्याउने नशा सम्बन्धीका रोगहरुको दिमाग नखोली उपचार गरिन्छ।
यसमा एक्सेरेको मद्दतले हात वा खुट्टाको एकदम मसिनो कपालको रौँ जस्तो तार लिएर दिमागको नशासम्म पुर्याइन्छ। त्यसमार्फत मस्तिस्कमा फुटेको नशाको, अर्थात बन्द भएको नशाको उपचार गरिन्छ। त्यो पनि कमसेकम समयमा यो पदद्तीबाट उपचार गर्न सकिन्छ।
उपचार एक्सेरेको मद्दतले गरिने भएको कारणले गर्दा नयाँ प्रविधिको माध्यमबाट ३ डी मार्फत विभिन्न कोणहरुबाट हेर्दै निश्चित समयमा गरिन्छ।
लक्षणहरु :
यो मेडिकल इर्मजेन्सि हो। यसको उपचार तुरुन्तै गर्नुपर्छ। यो सबै एक्कासी हुने बिराम हो। सजिलोका लागि यसका लक्षणहरु पत्ता लगाउन बीफास्ट (बीईएफएसटी) को एक्रोनियम बनाईएको छ। त्यसमा ‘बी’ भनेको ब्यालेन्स हो। जस्तो मान्छेको एक्कासी उभिँदा ब्यालेन्स बिग्रियो, लर्बराउन थालेर लड्ने अवस्था आयमा त्यो एउटा लक्षण हुन पुग्छ।
त्यस्तै ‘इ’ भनेको चाँही एक्कासी आँखाले धमिरो देख्नु, एउटा आँखाले नदेख्नु पनि एउटा लक्षण हो। ‘एफ’ भनेको एक्कासी मुख बांगो हुन्छ। बोल्दा बोल्दै मुख बांगो हुनु पनि ब्रेन हेमरेजको एउटा लक्षण हो।
‘ए’ भनेको चाँही हात र खुट्टा लर्बराउन थाल्नु कमजोर हुनु हो। यो रोगका बिरामीलाई एक्कासी हात उठाउन नसक्ने खुट्टा लुलो हुन हिड्न नसक्नु पनि यसको लक्षणहरु भित्र पर्दछन।
‘एस’ भनेको स्पीच हो। एक्कासी बोल्न नसक्ने, बोल्दा जिब्रो लर्बराउने हुन्छ। ‘टी’ भनेको समय हो। समयलाई किन जोडेको भन्दा यो रोगमा समयको महत्वपूर्ण भूमिका हुन्छ। यसअर्थमा कि यो रोग एक्कासी लाग्छ र एक्कासी अर्थात छोटो समयमै उपचार गर्नु पर्ने हुन्छ।
६ घण्टाभित्र बिरामी अस्पताल पुगको खण्डमा करिब शत प्रतिसत बिरामीको सफल उपचार गर्न सकिन्छ। तर, ६ देखि २४ घण्टाको अवधिमा पुग्ने बिरामीलाई पनि उपचार गर्न सकिन्छ। तर, त्यो अवस्थामा शत प्रतिशत बिरामीमा उपचार पद्दती सफल हुने चान्सेस कम हुन्छ।
कति लाग्छ खर्च ?
नशा बन्द हुनु अर्थात मस्तिष्क घात, नशा सुन्निएर र फुट्नु अर्थात एन्युरिजमको उपचार यस विधिबाट गरिन्छ। यो विधि मेडिकल साइन्सको क्षेत्रमा पछिल्लो समयको निकै नै प्रभावकारी उपचार विधि हो। यसको लागि चाहिने समानहरु युरोप र अमेरिकाबाट ल्याउनु पर्ने हुन्छ।
उपचार खर्चको मात्रै कुरा गर्ने हो टाउको नखोली गर्ने उपचार विधि टाउको खोलेर गरिने उपचारको दाँजोमा महँगो पर्न आउँछ। तर, टाउको खोलेर उपचार गर्दा अस्पताल बसाई, अस्पतालमा लामो बसाईबाट पाइने तनाव जस्ता विषयको तुलना गर्दा भने टाउको नखोली गरिने उपचार विधि नै सस्तो र उपयूक्त विधि हुन आउँछ। टाउको नखोली गरिने उपचारमा प्रयोग हुने सानो तारको मूल्य नै ३ लाख सम्म पर्ने हुन्छ।
भिडियाे
















Facebook Comment