गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । जिल्लाको चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ मा जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी चन्द्रकोट–४ का अन्दाजी ४५ वर्षीय तेजेन्द्र खत्री, चन्द्रकोट–५ हरेवा का बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडाकी बर्ष ६२ कि सुनिता बिकको र रेशम कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
जीपमा ११ जना सवार थिए । जीप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइते भएका गोकुल भण्डारी, रमिला भण्डारी र मुना भण्डारीलाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।







डिसी नेपाल








Facebook Comment