महिला तथा बालबालिका हिंसा रोक्न सरकार गम्भीर रुपमा अगाडि बढ्छः गृहमन्त्री खाँण
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिका माथी भइरहेको हिंसा रोक्न सरकार अत्यन्तै संवेदनशील र गम्भीर रुपमा अगाडि बढ्ने बताएका छन्। उनले सरकारको प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै खुल्ला रुपमा निर्वाद ढङ्गले जनताले बाच्न पाउने शुरक्षा अनुभूति हुने सुरक्षा राज्यले प्रदान गर्ने बताए। बुधबार गृहमन्त्रालयमा अन्तरपार्टी महिला सञ्जालससँग गृहमन्त्री खाँणले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन्।
महिला तथा बालबालिकामाथि बढिरहेको हिंसाप्रति गृहमन्त्री खाँणलाई ध्यानाकर्षण गराउन महिला सञ्जाल गृहमन्त्रालय पुगेको थियो। बुधबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सञ्जालले पछिल्लो समयमा महिला तथा बालबालिकाहरुमाथि बलात्कार, हत्या जस्ता अमानवीय र क्रुर घटना लगायत जघन्य प्रकारको मानव अधिकार बिरोधी कार्य भइरहेको प्रति गृहमन्त्रीलाई ध्यान आकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो।
सञ्जालले लकडाउनको समय घरेलु हिँसा बढेको र यस विषयमा गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले महिला तथा बालबालिका हिंसा रोक्न अत्यन्तै संबेदनशील र गम्भीर रुपमा अगाडि बढ्ने बताए।
महिला हिंसाको घटना बढेको र निश्पक्ष रुपमा छानबिन गरि सत्य तथ्यको आधार अपराधीहरुलाई हदै सम्मको सजाय र पीडितहरुलाई न्याय दिलाउनुका साथै उचित क्षतिपीर्तिको व्यवस्थाका लागि संजालकी अध्यक्ष कल्याणी रिजालले माग गरेकी छन्।







डिसी नेपाल








Facebook Comment