नेपालमा बाघको सङ्ख्या दोब्बर : संरक्षण चुनौती

डिसी नेपाल
१४ साउन २०७८ १७:४२
144
Shares

काठमाडौं । विश्वका बाघ पाइने नेपालसहित १३ वटा मुलुकका प्रमुखको सहभागितामा रुसको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा विश्व बाघ सम्मेलन भएको थियो । सम्मेलनमा नेपालले पनि बाघको सङ्ख्या सन् २०२२ सम्म १२१ बाट दोब्बर बनाइ २५० वटा पु¥याउने प्रतिबद्धता जनाएको थियो ।

सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । सोही सम्मलनमा गरिएको घोषण अनुरुप आजैका दिनलाई बाघ पाइने मुलुकले विश्व बाघ दिवस मनाउने गरेका छन् । यो वर्ष ‘बाघको अस्तित्वः मानवको दायित्व’नाराका साथ नेपालले पनि विश्व बाघ दिवस आयोजना गरेको हो । सन् २०१० मा नेपालमा १२१ बाघ रहेकोमा हाल २५० बाघ पुगेको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले जैविधि विविधताको व्यवस्थापन, बास, आहार व्यवस्थापनले नेपालमा बाघको सङ्ख्या बढेको बताए । उनका अनुसार विश्वभर तीन हजार ९०० बाघ छन् । पाटे बाघ नेपाल, भारत, बङ्गलादेश र भुटानमा मात्रै पाइन्छ । विश्वमा नौ प्रजातिका बाघ पाइए पनि अहिले छ प्रकारका बाघ पाइन्छ । तीन प्रजाति लोप भइसकेका छन् ।

उहाँले नेपालमा बाघको सङ्ख्या २५० नाघिसकेको अनुमान गरिएको र संरक्षण व्यवस्थापनका साथै कति सङ्ख्या पु¥याउने भन्ने स्पष्ट रणनीतिका साथ अघि बढ्नुपर्ने धारणा राखे । बाघमा रेडियोयन्त्र राखेर उसको गतिविधि अध्ययन भइरहेको र प्रतिमहिना औषतमा एक जना मान्छेलाई बाघले आक्रमण गर्ने गरेको प्रकृति संरक्षण कोषले जनाएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.