लागुऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

डिसी नेपाल
१४ साउन २०७८ १८:३७
88
Shares

सप्तरी। सप्तरी जिल्लाको हनुमाननगर कङकालिनी नगरपालिका १४ मलहनियास्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले नाईट्रोजन टयाब्लेट २० वटा र १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका ८ बस्ने २९ बर्षिय लक्ष्मणकुमार साह र २१ बर्षिय मुक्तिनाथ महेरा छन्। ना १० प ३७४४ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश मलहनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो। त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ।

उता कैलाली जिल्लाको कैलारी गाउँपालिका ५ पबेरा तथा धनगढी उपमहानगरपालिका १ पुलवारीस्थित सीमा ईलाकाबाट साउन १४ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्दराज जोशीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।

बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय त्रिनगरबा बुझाइएको छ। उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौली ईलाकाबाट साउन १३ गते सशस्त्र प्रहरीले करीव १ लाख २७ हजार रुपैयाँ बराबरको मोटर
पार्टस तथा लत्ताकपडा बरामद गरेको छ। भारतबाट अबैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक मिनराज भट्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो। बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.