शास्त्रीय नृत्यकार रञ्जितको निधन

डिसी नेपाल
१६ साउन २०७८ १२:११

काठमाडाैं । वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि मिर्गाैलासम्बन्धी उपचार गराइरहेका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवद्र्धनमा योगदान पुर्‍याएका थिए।

भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गरेका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिएकाे उनका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुुव थापाले बताए। गोरखा दक्षिणबाहुु चौथोबाट विभूूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुुई छोरा रहेका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *