कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा दुई जनाको मृत्यु
सांकेतिक तस्वीर
ओखलढुङ्गा। कोरोना सङ्क्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ। उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यहाँ कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment