दुई नगरमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु

डिसी नेपाल
१९ साउन २०७८ ६:२५

झापा । कोरोनाको संक्रमणबाट एकै दिन झापामा ४ जनाले ज्यान गुमाएका छन्। दमक १ का ६३ वर्षका पुरुष र ७ का ५० वर्षका पुरुषसहित झापामा ४ जनाको ज्यान गएको हो।

अरु दुई जनामा शिवसताक्षी नगरपालिका वडा नं. ११ का ४३ वर्षीया महिला र शिवसताक्षी ६ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ६३ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *