बाबुराम भट्टराईलाई संवैधानिक प्रतिगमनको पीर
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदम दोहोरिन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन् ।
आइतबार साँझ एक ट्विट गर्दै डा भट्टराईले पहिलो असंवैधानिक कदमको पराजित भएको भन्दै कोरोनाझैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्ने चेतावनी दिएका छन् ।
कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!
— Baburam Bhattarai (@brb1954) August 8, 2021
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएकै दिन आएको भट्टराईको ट्विटमा उनले अर्ली इलेक्सनको संकेत गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईको उक्त ट्विटले नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल भएको बताए पनि कसको खेल हो भन्नेमा स्पष्ट पारेका छैनन् ।
सरकार गठन भएको चौथो हप्तासम्म मन्त्रिपरिषदले पूर्णता नपाएपछि चौतर्फी विवादपछि ओली सरकारलाई विस्थापित गरेको देउवा सरकारले कुन दिशा समात्छ भन्ने नै अन्यौल भएको छ। लामो राजनीतिक खिाचातनीपछि आएको देउवा सरकारप्रति मन्त्रिपरिषद विस्तारमै लामो समय बिताएपछि सकरात्मक धारणा नबन्ने जोखिम बढेको छ।
ओली सरकारलाई विस्थापित गरेर काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ ग्रहण गरेको आइतबार २७ दिन पुगेको छ। देउवा सरकारले छिटै मन्त्रिपरिषदलाई पूर्णता अपेक्षा गरिए पनि यो सानो आकारको सरकारले २७ दिन गुजार्दासमेत सरकारले पूर्णता नपाउनुमा बाह्य शक्तिको हात रहेको भट्टराईको उक्त ट्विटले प्रष्ट भएको छ।
संघर्ष र बलिदानपछि प्राप्त राजनीतिक उपलब्धी धरापमा पर्ने गरी भइरहेका राजनीतिक गतिविधिले मुलुकमा शक्तिको चलखेल भएको अनुमान लगाउन सकिन्छ । नेताहरुले भागबन्डा नमिलेकै कारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताएपनि भट्टराईको उक्त ट्विटले मुलुक संकटमा फसिरहेको अनुमान लगाउन सकिन्छ ।







डिसी नेपाल








Facebook Comment