कोभिसिल्डको दोस्रो खोप लगाउनेकाे भीड (फाेटाेफिचर)
काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गरेकाे छ। यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिइँदै छ।

कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा खोप दिन लागिएको हो। दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ।

जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ। दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ।








No ads found for this position
प्रतिक्रिया


Facebook Comment