पौडेल समूहकाे जिल्ला सभापतिको भेलाले निकाल्यो चार विकल्प

डिसी नेपाल
२७ साउन २०७८ ११:४५
348
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संस्थापन इतरपक्ष जिल्ला सभापतिहरुको सोमबारदेखि मंगलबारसम्म उपत्यकामा उपलब्ध सभापतिहरुको भेलाले चार विकल्प निकालेका छन्।

संवैधानिक बाध्यतामा रहेको कांग्रेस भदौमा हुने १४ औँ महाधिवेशन अनिश्चित भएसँगै जिल्ला सभापतिहरुले महाधिवेशन सुनिश्चितताको लागि सक्रियता देखाएका छन्। सोमबारको भेलामा ४६ र मंगलबारको भेलामा ४९ जना जिल्ला सभापतिहरु भौतिक र भर्चुअलरुपमा उपस्थिति भएको नुवाकोट सभापति जगदिश्वरनर सिंह केसी बताउँछन्।

उपत्यकामा उपलब्ध दुई दिनसम्म चलेको सभापतिहरुको भेलाले अधिवेशनको लागि मुख्यतः चार विकल्प प्रस्ताव गरेको छ। केसीका अनुसार क्रियाशील विवाद चाँडो समाधान गर्ने, कार्यतालिका छोटो बनाएर भएपनि भदौ भित्र जसरीपनि अधिवेशन सम्पन्न गर्ने, क्रियाशील विवाद् समाधान हुनसकेन भने १३ औँ महाधिवेशको प्रतिनिधिलाई निरन्तरता दिएर विशेष अधिवेशन गर्ने र ६ महिना वा १ वर्षपछि अर्को महाधिवेशन सम्पन्न गर्ने र सरकारसँग सबै नागरिकका लागि चाडैँ कोरोना विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ।

सभापतिहरुको दुई दिनको भेलाले निकालेको यो निष्कर्ष आज नै पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने तयारी पनि भएको जनाइएको छ। यस अघिपनि यो समूहको जिल्ला सभापतिहरु विभिन्न चरणमा भेला गर्दै आएका थिए।

भदौमा २३ गतेभित्र अधिवेशन सम्पन्न गर्ननसकेको अवस्थामा वैधानिकता नै संकटमा रहने सम्भावनामा रहेको छ। अधिवेशनको नयाँ कार्यतालिका र विकल्प बारे कांग्रेस केन्द्रीय समितिको बैठक २८ गते बस्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.