ओलीलाई मध्यराति पार्टी एकताको चिन्ता, विभाजनका विरुद्ध उभिन पाँचबुँदे आह्वान

डिसी नेपाल
३२ साउन २०७८ २३:५०
3.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन आह्वान गरेका छन् । सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि ओलीले मध्यरात विज्ञप्ति जारी गरी एकताका पाँचबुँदे आह्वान गरेका छन् ।

संसद अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्न षडयन्त्र गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उनको भनाइ छ ।

राजनीतिक दलसम्वन्धि विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित आज संसद अधिवेसन अन्त्य गरिएको थियो ।

ओलीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.