मुगुमा मास्क बैंक संचालन

डिसी नेपाल
१ भदौ २०७८ १७:४५
112
Shares

मोहन कुमार मल्ल

मुगु । हिमाली जिल्ला मुगुमा आजबाट मास्क बैंक संचालनमा आएको छ । लायन्स क्लव अफ मुगु राराको अगुवाईमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गदै मास्क बैंक संचालनमा ल्याईएको हो ।

हुनेले दिउँ नहुनेले लिउँ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बंैक संचालनका लागी छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी,मुगु उद्योग वाणिज्य संघ, एनआईसी एसिया बैंक, डिप्रोस लघुवित्त, महाकाली नमुना माध्यमिक विद्यालय, सिदार्थ नेसनल बोर्डिङ्ग स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हामो्र सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लव अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले जानकारी गराए ।

गाँउघर, बजार तथा बाटोघाटोमा विना मास्कका मानिसहरुको चहलपहल बढेपछि कोरोना संक्रमणले भयावह अवस्था लिने स्थिती देखिएकाले पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेका जनतालाई निःशुल्क मास्क दिन र पैसा भएकाहरुले मास्क दान गरोस भन्ने उदेश्यले बंैक संचालन गरेको लायन्स क्लवले बताएको छ ।

पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गर्दै बैंक संचालन गरेको र सहयोगीदाताहरुको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैक स्थापना गरिने चार्टर प्रेसिडेन्ट मल्लले बताए ।

मास्क बैकको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले सरकारको एक्लो प्रयासले मात्र कारोना संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा सामाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको बताए । उनले भने, ‘मुगु जिल्लाका जनता गरिव छन यति सम्म की सामान्य १० रुपयाँ पर्ने मास्क किन्न सक्ने अवस्था छैन यसैलार्ई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई निःशुल्क मास्क वितरण गर्ने उद्देश्यका साथ लायन्स क्लवको अगुवाईमा विभिन्न सरकारी तथा सामाजिक संघ सस्थाहरुको सहयोगमा मास्क बैक स्थापना हुनु प्रशंसनिय कार्य हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *