धुलिखेल नगरपालिकाका ९५ प्रतिशत नागरिकले लगाए पहिलो डोज खोप
काठमाडौं । धुलिखेल नगरपालिकाका ९५ प्रतिशत नागरिकले पहिलो खोपको मात्रा लगाएका छन् । योसँगै धुलिखेल नगरपालिका नेपालकै सबै भन्दा धेरै खोप लागाउने नगरपालिका बनेको छ।
हालसम्म धुलिखेल नगरपालिकामा १८ बर्ष उमेर नाघेका ९५ प्रतिशत नागरिकले विभिन्न खोपको पहिलो मात्रा लगाएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले बताए ।
।
नगरपालिकामा यस अघि लगाइएका, खोप लगाउन छुटेका लक्षित वर्गका व्यक्तिहरु तथा त्रिविको परिक्षामा सामेल हुने बिद्यार्थीहरु र विदेश जाने भिषा लागेका नागरिकहरुलाई कोभिड १९ बिरुद्धको पहिलो मात्रा (एस्ट्राजेनिका) खोप लगाइएको छ।
नगरपालिकामा आज मात्रै १ हजार ८१२ पुरुष तथा २ हजार ४६५ महिला गरी ४ हजार २ सय ७७ जनाले कोरोना बिरुद्धको (एस्ट्राजेनिका) पहिलो मात्रा खोप लगाएका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment