एमाले विभाजन निश्चित, नेपाल समूह नयाँ दल गर्दा गर्ने तयारी

डिसी नेपाल
२ भदौ २०७८ ७:५०
368
Shares

काठमाडौं। सरकारले नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई लक्षित गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले विभाजन हुने निश्चित भएको छ।

माधव नेपाल समूहले अब चाँडै नयाँ पार्टी दर्ता गर्ने बताइसकेका छन्। अझ मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिलायमा पत्र दर्ता गराएपछि एमाले विभाजन निश्चित भएको हो।

कारबाहीमा पर्ने सांसदहरूमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन्।

उनीहरूलाई कारबाही गरिएकाले पदमुक्त गर्नुपर्ने बेहोरासहितको पत्र एमालेले मंगलबार नै संसद् सचिवालयमा पठाइएको जनाएको छ।
नेपाल समूहले ओली एकलौटी ढंगले अगाडि बढेको भन्दै सँगै बस्न नसकिने जनाएको छ। साथै उनले नयाँ ढंगले अगाडि बढ्ने तयारीसमेत गरेको छ। नेपाल समूहले आज भोलि नै नयाँ दल दर्ता गर्ने तयारीसमेत गरेको छ।

यस्तै मंगलबारै आफू पक्षीय जनवर्गीय संगठनहरूको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको बताउँदै पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका थिए।

ओलीले आफूहरूलाई लगाएको आरोपहरू फिर्ता लिने र आत्मआलोचना गर्ने कुनै स्प्रिट नदेखाएको उल्लेख गर्दै उनले ओलीले पार्टी विभाजन गर्न चाहे पनि आफूहरूलाई दोष दिइएको बताए।

उनले आफूलगायत सांसदहरूलाई कारबाही गरेकोतर्फ इंकित गर्दै आफूहरू कारबाहीबाट विचलित नभई अगाडि बढ्ने बताए। वरिष्ठ नेता नेपालले आफूहरूले नयाँ पार्टी खोले पनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडि हटेमा पार्टी एकताको ढोका खुला रहने बताए। आगामी चुनावमा सहकार्य हुनसक्नेसमेत उनको भनाइ थियो।

‘केपी ओलीले पार्टीभित्र माधव नेपालका निम्ति ढोका बन्द भयो भनिसक्नुभयो । उहाँले हिजो भएका सहमति पालना गर्ने पक्षमा छैन भन्नुभयो । मलाई गद्दारको उपाधि दिनुभएको छ, देशद्रोही भन्नुभएको छ र अनेक आरोप लगाउनुभएको छ । उहाँ पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ,’ उनले कार्यकर्तालाई भने ।

ओलीले पार्टी एकताको ढोका बन्द गरेको निष्कर्ष निकालेको नेपाल समूहले नयाँ पार्टी गठनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षरसमेत संकलन गरिसकेको छ। नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको बताइउको छ।

नेता नेपालले विश्वास गरेका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेताल साथ नदिने भएपछि अन्य युवा नेताहरुसँग नेपालले धेरै भर गरेका छन्।

पछिल्लो समय नेता नेपाललाई उपाधयक्ष बामदेव गौतमले पनि साथ दनिे देखिएको छ। बामदेव पत्नी तुलसा थापा नेपाल समूहको बैठकमा सहभागी भएपछि नेपाललाई गौतमले साथ दिने पक्का भएको हो। नेता नेपालले नयाँ दल दर्ता गर्ने भएपनि विगतमा उनलाई साथ दिँदै आएका केही नेताहरुले भने साथ नदिने भएका छन्।

यसअघि नता नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्ष भीम रावलले नेपालको साथ छोडेका छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्दासम्म साथ रहेका रावल अहिले नेपालसँग टाढिएका छन्।

उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। गसेग्री नेपालसँगै रहेका एमाले सचिव गोकर्ण बिष्टले पनि साथ छाडेका छन्। उनले दल विभाजनसम्बन्धी अध्यादेशको खुलेरै विरोध गरेका छन्। अर्का एमाले सचिव योगेश भट्टराईले पनि अध्यादेशलाई सुनयोजित षड्यन्त्रको संज्ञा दिएका छन्। भट्टराई पनि लामो समय नेपालको साथमा थिए।

सुरेन्द्र पाण्डे माधव नेपालको पक्षबाट नवौं महाधिवेशनमा महासचिवका उम्मेदवा थिए। उनी पनि नेपालसँग टाढिएका छन्। उनले नेपाललाई साथ दिने या नदिने स्पष्ट पारेका छैनन् । एमाले सचिव भीम आचार्य पनि स्पष्ट छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.