रास्वपा पदाधिकारी निर्वाचन : कसले कति मत ल्याए? (पूर्ण नतिजासहित)

डिसी नेपाल
१२ असार २०८३ १९:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।

महिला उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा सोविता गौतम ७८९ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गरिन्।

महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मत प्राप्त गरी विजयी बनेका छन्। सोही पदका अन्य उम्मेदवारहरू मनिष झाले ३४६, गणेश कार्कीले १६९, सागर ढकालले १३९ र रञ्जु दर्शनाले ३४ मत पाएका छन्।

सहमहामन्त्री पदमा असिम साह ४७१ र हरि ढकाल ४१० मत ल्याएर विजयी भएका छन्। महिला सहमहामन्त्रीमा भने निशा डाँगी ७३७ मतका साथ विजयी भएकी छन्।

सहमहामन्त्रीमा (खुला) पुकार बम (३३४), रमेश प्रसाईं (३०७), यज्ञमणी न्यौपाने (३००), सुलभ खरेल (२९१), अशोक कुमार चौधरी (१७९), मिलन लिम्बु (१५१), राजीव खत्री (१४८), वीरेन्द्र जैरु (११४) र हिमेश पन्त (५३) पाएका छन्।

सहमहामन्त्री (महिला)मा रिमा विश्वकर्मा (२८२), कामिनी कुमारी चौधरी (१४६), विदुषी राणा (८२) र जुली यादव (७८) मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *