प्रदेश सरकार जोगाउन बागमती र प्रदेश एकमा मुख्यमन्त्री फेर्ने एमाले रणनीति
काठमडौं। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजनको संघारमा पुगेको छ।
पार्टीको आन्तरिक विवादका कारण दुई वटा प्रदेश सरकार केन्द्र सरकारबाट हात थोएको एमालेले बाँकी दुई प्रदेशमा भने आफ्नो नेतृत्वको सरकार जसरी पनि टिकाउने रणनीति तय गरेको छ। त्यसका लागि एमालेले असन्तुष्ट पक्षमा नेतालाई मुख्यमन्त्री दिने गरी सहमतिको प्रयास गरिरहेको छ।
स्रोतका अनुसार बागमती सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर त्यहाँ माधव नेपाल पक्षधर नेतालाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ।
‘केही दिनभित्रै मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिँदैहुनुहुन्छ,’ एमाले स्रोतले डिसी नेपालसँग भन्यो, ‘बागमती र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने भन्ने हाम्रो रणनीति हो। त्यसका लागि मुख्यमन्त्री परिवर्तन ठूलो विषय होइन।’
तत्काल भने बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई राजीनामा गर्न लगाउने बताइएको छ। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री बन्नका लागि नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका थिए। तर शाक्यले अहिले आफू मुख्यमन्त्री नबन्ने बरु राजेन्द्र पाण्डेलाई बनाउन प्रस्ताव गरेकी छन्।
अहिले बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार छ। त्यहाँ माधव नेपाल समूहले पनि सरकारलाई समर्थन गरिरहेको छ। उनीहरुले समर्थन नगरेको अवस्थामा सरकार सरकार ढल्न सक्छ।
अहिले एमाले अध्यक्ष ओली बागमतीव र एक नम्बर प्रदेश सरकार जसरी पनि जोगाउने पक्षमा छन्। त्यसका लागि मुख्यमन्त्री माधव नेपाल समूहका नेतालाई दिन उनी तयार भएका हुन्।
पहिलो बागमती र त्यसपछि एक नम्बर प्रदेशको मख्यमन्त्री परिवर्तन गर्ने ओलीको रणनीति छ। माधव नेपाल समूहका नेतालाई मुख्यमन्त्री दिएर भएपनि दुई प्रदेशको मुख्यमन्त्री जोगाउन उनले नेताहरुसँग कुरा गरिरहेका छन्।







डिसी नेपाल








Facebook Comment