दल दर्ताका लागि माधव नेपालसमूहका ६७ केन्द्रीय सदस्य निर्वाचन आयोगमा

डिसी नेपाल
२ भदौ २०७८ १५:०९
5.4k
Shares

काठमाडौं। नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपाल समूह नयाँ दल दर्ताको लागी निर्वाचन आयोग पुगेको छ। कुल २६० केन्द्रीय कमिटी रहेको नेकपा एमालेमा ६७ केन्द्रीय सदस्य र २४ सांसदको हस्ताक्षर सहित निर्वाचन आयोगमा पुगेको नेता मेटमणि चौधरीले जानकारी दिए।

उनका अनुसार नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताव प्रस्ताव गरिएको छ।  आज राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूह नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो।

ध्यादेशमा केन्द्रीय सदस्य अथवा संसदको २० प्रतिशत प्रतिनिधित्व भए नयाँ दल दर्ता गर्ने सुबिधा छ। नयाँ दल दर्ता गर्ने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमकोपनि साथ रहेको उक्त समूहको दावी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.