रास्वपाको ‘ऐतिहासिक’ पहिलो महाधिवेशन: चितवनमा शक्ति परीक्षण, नयाँ नेतृत्व चयनको चटारो
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन भव्य रूपमा सञ्चालन गरिरहेको छ। पार्टी स्थापनाको छोटो समयमै नेपाली राजनीतिको केन्द्रमा उदाएको रास्वपाका लागि यो महाधिवेशन केवल एक सांगठनिक प्रक्रिया मात्र नभई आफ्नो भविष्यको मार्गचित्र कोर्ने अग्निपरीक्षाका रूपमा लिइएको छ।
देशभरिबाट करिब ३,८४९ प्रतिनिधिहरू सहभागी भएको यस महाधिवेशनले पार्टीको वैचारिक आधारशिला निर्माण गर्नुका साथै आगामी कार्यदिशा तय गर्नेछ। महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएसँगै पार्टीको सांगठनिक र नीतिगत पक्षमाथि गहन छलफल अघि बढेको छ। महासचिव कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरिसकेका छन् भने अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि पनि छलफल भइरहेको छ।
उपसभापति डा. स्वर्णिम वाग्लेले ‘अर्थ–राजनीतिक प्रस्तावना’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने त्यसपछि सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। यी सबै प्रस्तावहरू पारित भएपछि सभापति लामिछानेले पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरी निर्वाचनको जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई सुम्पने तयारी छ।






डिसी नेपाल





Facebook Comment