परराष्ट्रद्वारा एनआरएनएको १०औँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन

डिसी नेपाल
४ भदौ २०७८ १४:५१

काठमाडौं । सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ विश्व सम्मेलनका लागि २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार आगामी कात्तिक ६ देखि ८ गतेसम्म आयोजना हुने एनआरएनएको १०औँ विश्व सम्मेलनका लागि समिति गठन भएको हो ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, एनआरएनएका प्रतिनिधि छन् ।

सरकारले विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप, पूँजी, प्रविधि, संजाल र पहुँचलाई मुलुकको आर्थिक, सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई उच्च प्राथमिकता दिएको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रत्येक दुई वर्षको फरकमा नेपालमा आयोजना हुने एनआरएनको नवौं विश्व सम्मेलन २०७६ सालको असोज २८ देखि ३० गते सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *