काेराेना कहरकाबीच नव यज्ञोपवीत र रक्षा बन्धन धारण गर्दै हिन्दु धर्मालम्बी (फाेटाेफिचर)

फुर्पा शेर्पा
६ भदौ २०७८ ११:११
136
Shares

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ।

कोरोनाको महामारीले मन्दिर बन्द रहे पनि बाहिरै जनै बदल्ने र रक्षा बन्धन लगाउनेहरु देख्न पाइन्छ। काठमाडौंको नयाँ वस्तीमा रहेको महादेवको मन्दिरमा पनि जनै लगाउने र रक्षा बन्धन बाध्नेहरुको भीड देख्द पाइन्छ।

आज दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *