प्रदेश १ का मुख्यमन्त्री राईद्वारा राजीनामा

डिसी नेपाल
१० भदौ २०७८ १२:२५
352
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। अर्का नेता भीम आचार्य संसदीय दलको नेतामा चयन भएपछि राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएको डिसी नेपाललाई जानकारी दिएका छन्।

आजै संसदीय दलका नेता आचार्यले मुख्यमन्त्री पदको सपथ लिँदैछन्। नेकपा एमाले विभाजन भएपछि प्रदेश १ का सांसदहरुलाई एमालेमै राख्नका लागि र एमालेको सरकार बचाउँनका लागि आचार्यलाई मुख्यमन्त्री बनाउने एमालेको रणनीति थियो।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले सरकार जोगाउन मुख्यमन्त्री राई र नेता आचार्य एकै ठाउँमा उभिएका हुन्। अहिलेसम्म माधव नेपालको नेकपा एकीकृत समाजवादीमा ३ जना सांसद खुलेर गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.