उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको आग्रह

डिसी नेपाल
११ भदौ २०७८ ७:४५
56
Shares

जुम्ला । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तर वृद्धिका लागि उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन जुम्लाका स्थानीय तहलाई आग्रह गरेका छन्।

स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा भइरहेको विकासबारे बिहीबार जुम्लाका स्थानीय तह र विषयगत कार्यालयका प्रमुखसँग छलफल गरेका शाहीले सबैभन्दा नजिककाे सरकारका रुपमा स्थानीय तहले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए।

‘कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुग्यो। तर विपन्न नागरिकसँग महसुल तिर्ने पैसा छैन भने प्रसारण लाइन पुगेको कुनै अर्थ छैन । विमानस्थलको स्तरवृद्धि भयो. विपन्नले जहाज चढ्न पाएका छैनन्,’ उनले भने, ‘ त्यो विकास नागरिकमूखी हुँदैन।’

खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेकाे उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *