बालुवाटारमा सत्ता गठबन्धनको बैठक : सरकारलाई पूर्णता दिने विषयमा छलफल

डिसी नेपाल
१४ भदौ २०७८ ११:२९
116
Shares

काठमाडौं। मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनको बैठकमा पाँच दलका नेताहरु सहभागी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेपछि सत्ता गठबन्धनको बैठक बसेको हो। माधव नेपाल र महन्थ ठाकुरको दललाई निर्वाचन आयोगले मान्यता दिएपछि प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिने तयारी गरेका हुन्।

सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको टंगो लागेपनि कुन दलले कुन कुन मन्त्रालय लिने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन। आजको बैठकमा कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा पनि टुगो लाग्ने बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.