समस्यामा एकअर्का नेपालीलाई सहयोग गर्न एएनए र एनआरएनए, अमेरिकाको आग्रह

डिसी नेपाल
१९ भदौ २०७८ ४:११
44
Shares

वासिंगटन डिसी । आंधी र त्यसको प्रभावले बाढी पहिरो गएका कारण अमेरिकाका समस्याग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित बासस्थानमा जान एसोसिएसन अफ नेप्लिज इन द अमेरिका(एनएनए) ले आग्रह गरेको छ
एएनएका अध्यक्ष विजयराज भट्टराईले शुक्रबार दिउंसो एक विज्ञप्ति प्रकाशित गर्दै आवश्यक परेको खण्डमा सरकार र स्थानीय निकायहरुले तयार गरेको सुरक्षित सेल्टरमा गएर बस्न आग्रह गरेका छन् । अध्यक्ष भट्टराईले समस्या परेका साथी भाइ, आफन्त वा जो कोही भए पनि नेपालीले नेपालीलाई सहयोग गर्न आह्वान पनि गरेका छन् ।
विगत केही दिनदेखि अमेरिकाको न्यूयोर्क, न्यूजर्सी र लुजियानालगायतका राज्यहरुमा भारी बर्षा, आंधीबेहरी र बाढीले जनजीवन प्रभावित पारेको छ । यी राज्यका कतिपय ठाउंमा बसोवास गर्ने नेपालीहरु अत्यावश्यक पिउने पानी, ग्यांस, विजुली बत्तीजस्ता चीजहरुको सप्लाई बन्द भएकाले समस्यामा परेको जानकारीहरु सामाजिक सञ्जालमा देखिन थालेको सन्दर्भलाई समेत उल्लेख गर्दै एएनएले सहयोगको अपिल जारी गरेको हो । न्यूयोर्कमा आएको भिषण बाढी र बर्षात्का कारण नेपालको सोलुखुम्बु घर भएका हाल न्यूयोर्क निवासी आङ्गगेलु शेर्पा, उनकी पत्नी मिङ्मा शेर्पा र उनीहरुको १९ महिने छोरा लोप्साङ्ग शेर्पाको मृत्यु भएको छ । यो घटनामा परी ज्यान गुमाउनेहरुप्रति पनि एएनएले समवेदन प्रकट गरेको छ ।
यसैगरी गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धिसागर सुबेदीले पनि एक विज्ञप्ति जारी गर्दै न्यूयोर्कको घटनामा परी दिवंगत भएका नेपालीजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले परिवारका सदस्यहरुको सल्लाहमा आवश्यक सहयोगको तयारी गर्न एनआरएनएको न्यूयोर्क च्याप्टरले काम गरिरहेको पनि जानकारी गराएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *