राष्ट्रपतिद्वारा २३ भदौमा संसद् अधिवेशन आह्वान

डिसी नेपाल
१९ भदौ २०७८ २०:२९
188
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.