कांग्रेसमा किचलोः निर्वाचनमा पराजित भएपछि विजयी उम्मेदवारविरुद्ध उजुरी
नेपाली कांग्रेस पश्चिम नवलपरासीका सबै वडा अधिवेशनको परिणाम सार्वजनिक हुन सकेको छैन ।
जिल्लामा प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल देउवा समूहमा छन् भने संविधानसभा सदस्य विक्रम खनाल पौडेल समूहमा छन् । १८ गते हुन नसकेका केही वडामा आइतबार चुनाव भयो तर, दुवै समूहमा इगोका रुपमा बढेपछि माइन्युट च्यातिका छन् ।
रामग्राम नगरपालिका–११ मा भएको निर्वाचनमा पराजित उमेदवार श्रीकान्त कलवारले माइन्युट च्यातेका हुन् । मतगणना सकिएर घोषणा गर्न जाने क्रममा पराजित उम्मेदवारका व्यक्तिहरु एक्कासी आवेगमा आएर हातमा बोकेको माइन्युट च्यातेको मतदान अधिकृत धु्रव आचार्यले बताए ।
सभापतिका उम्मेदवार भवानी शंकर चौधरीले १८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी श्रीकान्त कलवारको १६ मत आएको छ । चौधरी खनाल गुटका हुन् भने कलवार कँडेल गुटका हुन् । मत परीणामबारे जिल्लाको निर्वाचन समितिमा जानकारी दिएको आचार्यले बताए ।







डिसी नेपाल








Facebook Comment