भीम रावलको गृह जिल्लाका जनप्रतिनिधिले नै रोजे समाजवादी
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहमा रहेका नेता भीम रावलले पार्टी टुक्राउन असहमत भएर एमालेमै रहने निर्णय गरेपछि उनी निकटका जिल्ला तहका नेता तथा जनप्रतिनिधिहरु समाजवादीमा खुलेका छन्।
रावललाई सुरूदेखिनै साथ दिँदै आएका जिल्ला, प्रदेश देखि स्थानिय तहका अधिकांश नेता माधव नेपाल पक्षमा उभिएपछि जिल्लामै रावल कमजोर देखिएका छन्। शुक्रबार एक जना र आज ११ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखतको निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिए। आइतबार साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर र उपप्रमुख बिर्मला देवी बुढ्थापाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।
नगर प्रमुख कुँवर र उपप्रमुख बुढथापासँगै मेल्लेख र चौरपाटी गाउँपालिकाका ११ जना जनप्रतिनिधिले नेकपा एसमा सनाखत गराएका हुन्। यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले पनि नेकपा (एस)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय अछाम पुगेर सनाखत गरेका थिए।







डिसी नेपाल








Facebook Comment