पूर्वजर्नेलको अशाेभनीय टिप्पणी : प्रधानमन्त्रीलाई आतंककारी विन लादेन भएको आरोप

डिसी नेपाल
२१ भदौ २०७८ ८:४३
3.7k
Shares

काठमाडौं। नेपाली सेनाका एकजना अवकाश प्राप्त जर्नेलले मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवालाई संसारभर कुख्यात आतंकवादीसँग तुलना गर्दै त्यस्तै भएको आरोप लगाएका छन्।

नेपाली सेनाका इतिहासकारसमेत भनेर चिनिएका र सैनिक इतिहासबारे पुस्तक तथा लेखहरुसमेत प्रकाशित गरिसकेका अवकाश प्राप्त सैनिक जर्नेल प्रेमसिंह बस्नेतले मुलुकका प्रधानमन्त्रीप्रति अशोभनिय र अत्यन्तै निकृष्ट गाली गलौज गरेका हुन्।

मुलुकको नागरिक र सामान्य सैनिक मर्यादासमेत भुलेर उनले प्रधानमन्त्री देउवालाई आतंककारी भने । उनले नामै किटेर भने, शेरबहादुर देउवालाई नेपाली विन लादेन भएको बताए।

केही संगठनहरुको आयोजनामा आइतबार राजधानीमा भएको कार्यक्रममा उनले यस्तो असहिष्णुतापूर्व र आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए। अफगानिस्तानमा विन लादेनका कारण सो मुलुक नष्ट भएको उदाहरण दिँदै विदेशीका काम गरेको उनको आरोप थियो।

देउवालाई लादेनसँग तुलना गर्दै उनले भने, ‘रुसलाई लखेट्नका लागि अफगानिस्तानमा अमेरिकाले विन लादेन जन्मायो, विन लादेनकै कारण अफगानिस्तान नष्ट भएको र एउटा राजदूतले विहा गराइन्छन् कुनै एउटा लेडिजसँग, त्यतिखेर विन लादेन जन्माइदिन्छन् नेपालमा र त्यो विन लादेन यतिखेर नेपालको प्रधानमन्त्री छ।’

उनले शेरबहादुरलाई मानवअधिकार लगाएर कारवाही गर्न पनि माग गरे। आफू सिपाही भएकाबेला प्रचण्डको टाउकाको मोल ५० लाख र बादलको ३५ लाख तोक्ने र हामीलाई ठोकेर ले भन्ने यही व्यक्ति (शेरबहादुर) हो।

नेपालको संविधानमा अभिव्यक्ति स्वातन्त्रतालाई हनन गर्न नसकिने अधिकारका रुपमा व्यवस्था गरिएको छ। यो व्यबस्थाको अर्थ मुलुकको प्रधानमन्त्रीमाथि जथाभावी आतंककारीको विल्ला भिराइदिने नैतिक स्वतन्त्रता पनि हो र? मुलुकको सेनाको उच्च तहमा पुगेको व्यक्तिले सामान्य मर्यादा पालन गर्नुपर्छ कि पर्दैन ? के उनी कारवाही गर्ने तप्काभन्दा माथिका व्यक्ति हुन् ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.