केपी ओलीलाई बा भन्नुको रहस्य यस्तो पो !

डिसी नेपाल
२१ भदौ २०७८ १७:३१
680
Shares

काठमाडौं । सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतले केपी ओलीलाई युवाहरूले बा भन्नुको रहस्य खुलाएका छन्।

उनले भने, ‘देउवाका श्रीमती र छोरा नै दलालीमा छन् । बाबुरामका र प्रचण्डका पनि परिवार नै दलालीमा छन् । तर, केपी ओलीले श्रीमतीलाई कहिल्यै यस्ता कार्यमा संलग्न गराउनु भएन । उहाँले हामी युवालाई उत्पादनमूलक काममा लाग्न सहुलीयत ऋण, प्रमाणपत्र धितो र श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिजस्ता निर्णय गर्नुभयो त्यसैले उहाँ सबैको बा हो । बा हुनका लागि राम्रो काम गर्नुपर्छ ।’

त्यस्तैउक्त कार्यक्रममा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको आदेशबाट गठन भएको सरकारले सिन्को भाँच्न नसकेको बताएका छन्। उनले भने, ‘सरकारले बिजनेस दिनुपर्छ। यो सरकारले संसदलाई बिजनेस दिएन।’

नेम्वाङले संसद्ले काम गर्न सक्ने अवस्था नभएको दाबी गरे। उनले भने, ‘अफ्ठेरो र चुनौतिको अवस्थामा छौं। संसद काम गरिरहेको छैन। संसदले काम गर्न सक्ने अवस्था छैन।’नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने सम्भावना देखिएको टिप्पणी गरे। उनले देउवा सरकार अदालतले जन्माएको सरकार भएकाले ५० दिन नाघिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.