बालिका बलात्कार गरेको आरोपमा ९ जना पक्राउ

डिसी नेपाल
२३ भदौ २०७८ ७:१८
100
Shares

काठमाडाैं । सुर्खेतमा बालिका बलात्कार गरेकाे आराेपमा ९ जना पक्राउ परेका छन्। १६ वर्षकी बालिका बलात्कार गरेकेा आराेपमा इलाका प्रहरी कार्यालय बाबियाचौरले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाही रहेकाे प्रहरीले जनाएकाे छ।

बालिकाले साेमबार यी व्यक्तिहरूले पटकपटक बलात्कार गरेकाे भन्दै इप्रकामा उजुरी दिएकी थिइन्। बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखिएकाे प्रहरीले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *