सरकारको ध्यान सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन केन्द्रित : प्रधानमन्त्री देउवा

डिसी नेपाल
२३ भदौ २०७८ ७:५०
68
Shares

काठमाडौं। शिक्षा मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित रहेको बताएका छन्।

५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार गोरखापत्रमार्फत शुभकामना सन्देश जारी गर्दै देउवाले गुणस्तरीय, रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै संघीयताको स्वरूप अनुरूप शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरेका छन्।

उनका अनुसार मुलुकमा कोभिड-१९ को महामारीबीच पनि साक्षर नेपालको अभियान अगाडि बढिरहेको छ। निरन्तर शिक्षालाई संस्थागत गर्दै आगामी दिनमा बाँकी (२३ जिल्ला)को साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकारका गतिविधि केन्द्रित हुन उनले उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *