नुवाकोटमा माधव नेपालको एस शून्य, सबै जनप्रतिनिधि एमालेमै
काठमाडौं। नुवाकोटमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) शून्य भएको छ।
तत्कालीन एमालेबाट निर्वाचित भई नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिमध्ये कुनै पनि सदस्यले नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेनन्।
‘नुवाकोटबाट कुनै पनि जनप्रतिनिधिले नेकपा एमाले छाडेनन्,’ नुवाकोटका नेता विष्णु रिमालले भने, ‘माधव नेपालले एमाले विभाजन गरे पनि नुवाकोटलगायत केही जिल्लामा प्रभाव शून्य देखियो।’
उनका अनुसार संघीय संसदमा २० प्रतिशत, प्रदेशमा २०-२५ प्रतिशत र स्थानिय तहमा बढीमा तीन प्रतिशत प्रतिनिधि मात्रै नेपाल नेतृत्वको नेकपा (एस)को पक्षमा सनाखत गरेको प्रारम्भिक मूल्यांककन छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment