कारवाहीमा परेका १४ जना सांसद उपस्थित भए संसद चल्न दिदैनाैं : अध्यक्ष ओली

डिसी नेपाल
२३ भदौ २०७८ १३:४३
156
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निष्कासनमा परेको १४ जना सांसद संसदमा उपस्थित भए सदन चल्न नदिने चेतावनी दिएका छन्।

संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कारवाहीमा परेका सांसदको बारेमा सभामुखलाई सोध्ने बताएका छन्। ‘हामीले कारवाही गरेका सांसद उपस्थित हुन्छन् भने हामी कसरी संसदमा बस्न सक्छौं र ?’ अध्यक्ष ओलीले भने।

‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन,’ ओलीले भने, ‘संसदका नियमावलीले पनि त्यो दिँदैन । त्यसो हो भने पहिले निकालिएका सांसदहरूलाई हाजिर गर्नुपर्‍यो, रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई पनि हाजिर गर्नुपर्‍यो।’ आफूहरूले साउन २५ गते निष्कासन गरेका मान्छे भदौ २३ गतेको बैठकमा उपस्थित हुन नमिल्ने ओलीको तर्क छ।

अपरान्ह ४ बजे संसद् अधिवेशन बस्नुअघि नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो। संसद्को नवौं अधिवेशन आजबाट सुरु हुँदैछ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *