राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं । राष्ट्रियसभाको दशौँ अधिवेशन सुरु भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु गर्दै सबै सदस्यलाई स्वागत गरे।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भएअनुरूप संसद्को अधिवेशन सुरु भएको हो । बैठकको प्रारम्भमा अध्यक्ष तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसको लगत्तै प्रतिपक्षी नेकपा (एमाले)का सांसदले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।
मुख्य सचेतक भट्टराईले दार्चुला घटनामा सरकार राष्ट्रिय स्वाधीनताप्रति गम्भीर नभएको मात्र नभई आफ्ना नागरिक तुइन चुँडिएर बेपत्ता भएका घटनामा बोल्नसमेत नसकेको आरोप लगाए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment