एमसिसीविरुद्ध राप्रपाको मसाल जुलुस

डिसी नेपाल
२४ भदौ २०७८ २२:१९
20
Shares

काठमाण्डौं । राप्रपा हुम्लाले सरकारले संसदबाट अनुमोदन गर्न लागेको एमसीसीविरुद्ध मसाल जुलुस निकालेको छ।

जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व पाएकै दिन एमसीसी राष्ट्रहितविरुद्ध भएको निष्कर्ष निकाल्दै राप्रपाले मसाल जुलुस निकालेर विरोध जनाएको राप्रपा हुम्लाका नवनिर्वाचित अध्यक्ष विकास महतले बताए।

एमसीसी खारेज गर, हिन्दू राज्य जिन्दावाद, राजतन्त्र जिन्दावाद, राज्य बेच्न पाइँदैनलगायत नारा जुलुस लगाइएको थियो। अध्यक्ष महतको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो।जुलुसले सिमकोट बजारको परिक्रमा गरेको थियो। पानी परेका कारण जुलुसलाई मसाल सल्काउन समस्या भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *