संसद बैठकमा सभामुख सापकोटा र सांसद प्रेम सुवालबीच सवालजवाफ

डिसी नेपाल
२५ भदौ २०७८ १४:२८
632
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ। तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन्।

सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश २०७८सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले समय दिए।

तर, सांसद सुवालले प्रतिपक्षी दलको विरोध भइरहँदा आफूले प्रस्ताव पेस गर्न नसकिने भन्दै रोष्टममा उभिएर प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरे।

त्यसपछि सभामुख सापकोटाले प्रस्ताप फिर्ता लिएको हो कि प्रस्तुत गरेको स्पष्ट गर्न भने। यसपछि सांसद सुवालले आफूले प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरेको बताए। यसरी सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो।

अहिले एमाले सांसदको नाराबाजीकाबीच सभामुख सापकोटाले बैठकलाई अघि बढाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *