वाग्मती प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाइयो

डिसी नेपाल
२५ भदौ २०७८ २०:१५
40
Shares

काठमाडौं । वाग्मती प्रदेशका मुख्यन्यायाधिवक्ताले प्रदेश प्रमुखलाई आज वार्षिक प्रतिवेदन बुझाएका छन् । गत आव २०७७/७८ मा मुख्य न्यायाधिवक्ता ओम प्रकाश थपलियाले गरेका कामको विवरण समेटिएको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेश भएको हो ।

सो कार्यालयले वर्षभरिमा सवैधानिक एवम् कानूनी विषयमा दिएको राय सल्लाहको संक्षिप्त विवरण, प्रदेश सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा प्रतिरक्षा गरीएको संक्षिप्त विवरण, मुद्दा मामिलामा गरिनु पर्ने सुधारको विषयमा उल्लेख गरिएको छ ।

गत आव २०७७/७८मा सर्वोच्च अदालतमा ६१, उच्च अदालत पाटनमा नौ, सिन्धुली जिल्ला अदालतमा एक, चितवन जिल्ला अदालतमा एक, प्रशासकीय अदालत काठमाडौँमा दुई गरी जम्मा ७४ मुद्दा रहेका छन् । मुद्दामा सफलताको स्थिति ७४ प्रतिशत रहेको थपलियाले बताए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *