झापामा दुई वटा शव फेला
काठमाडौं । झापा गाउँपालिका १ सालमारास्थित सानो माई खोलाको किनारमा शुक्रबार एक महिलाको शव फेला परेको छ । शव खोलाको पानीमा घोप्टो अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
झापा गाउँपालिका वडा नम्बर २ को बालुवाटार गाउँस्थित सुन्दरलाल राजवंशीको खाली घरको दलानमा उत्तानो परेको अवस्थामा एउटा शव फेला परेको छ। ४० वर्षीय मन्जु टुडुको शव त्यहाँ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले बताए।
मृतक झापा गाउँपालिका वडा नम्बर ५ की स्थायी बासिन्दा हुन्। त्यस्तै, अर्को शव झापा १ को सालमारा गाउँको सिरिसाइला मुर्मुको धान खेत पश्चिम सानो माइखोलाको किनारमा फेला परेको छ। घोप्टो परेको अवस्थामा महिलाको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। उक्त शव सडिएको अवस्थामा फेला परको हो।
दुई वटै शवलाई स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी गराएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment