एनआरएनए युरोप उप संयोजकमा पत्रकार सुवेदीको उम्मेदवारी घोषणा

डिसी नेपाल
२६ भदौ २०७८ १:१२

जर्मनी  । एनआरएनएको युरोप क्षेत्रिय उपसंयोजकमा अष्ट्रियाबाट सक्रिय पत्रकार सागर सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको कुश्मा घर भइ बर्षौदेदी अष्ट्रियामा रहेर पत्रकारिता क्षेत्रमा समेत सक्रिय रहेका सुवेदीले एनआरएनएको आगामी कार्यकाल २०२१–२०२३ का लागि युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अष्ट्रियामा रहेर एनआरएनएमार्फत् सक्रिय रुपमा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सुवेदीले एनआरएनए अष्ट्रियाको दुई कार्यकाल सचिव भएर काम गरिसकेका छन् । विभिन्न बिकृति विरुद्ध बिना संकोच बर्षौ देखि कलम चलाउदै आएका सुबेदी, सामान्यता नेपाली राजनीतिका बिषयमा घोचेरै कलम चलाउनेमा पर्दछन । आफुले बुझेका बिषयलाई साधारण शब्दमा सबैले बुझ्ने गरी कलम चलाउने सुबेदी गैर आबासीय नेपाली संघको युरोप क्षेत्रमा एक शसक्त उम्मेदवारका रुपमा आफु खडा भएको दावी गर्छन । संघमा सन् २०१० देखि नै जोडिएर काम गर्दै आएका उनी संघलाई अहिले जसरी चलाउन खोजिएको छ त्यसरी चलाइरहदा यसको भबिष्य सङ्कटमा पर्न सक्ने धारणा राख्छन ।

विभिन्न प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा होमिएका भएपनि आफू संस्थागत विकासका पक्षमा उभिएकाले आफू सबैको साझा भएको बताउँछन् । सुबेदी भन्छन ’’ यहि गुट र प्यानलका कारण नेपालका राजनीतिक पार्टीभित्रको हालत आज छरपस्ट हुने गरी बिग्रेको छ । नेपालको सत्ता समीकरण जस्तो बन्छ, यता पनि त्यसैको प्रभाब बन्दा संघ संघको रुपमा काम गर्न नसकेको साथै नेपालको नेताहरुको आशिर्बाद बाट नेता बन्न सकिन्छ भन्ने मनोभावना संघ भित्र बढ्दै गैरहेकोमा मेरो चिन्ता छ ।’’ संस्थाको गरिमा उच्च राख्न तटस्थताबादमा कुनै सम्झौता नगर्ने भन्दै उनले संघ रुपान्तरणका पक्षमा सशक्त बनेर सकभर अधिक नेपालीको प्रतिनिधित्व हुने गरी संघलाई नै केन्द्रमा राखेर काम इच्छा रहेको बताए । संस्थाभित्र रहँदा होस् वा बाहिर रहेर विदेशमा रहने नेपालीको सुख दुःखमा सदैव साथ र सहयोग गर्दै आएका सुवेदीले गैरआबासीय नेपाली संघको रुपान्तरण अहिलेको प्रमुख मुद्दा रहेको बताउँदै गर्न नसक्ने विषयमा मतदाताका अगाडि बोल्ड नारा दिनुभन्दा गर्न सकिने विषयलाई उठाउनु राम्रो हुने आफ्नो मान्यता रहेको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *