सप्तऋषिको पूजा आराधना गरी मनाइँदै ऋषिपञ्चिमी (फाेटाे फिचर)
काठमाडौं । आज ऋषिपञ्चिमी । नेपाली हिन्दू नारीहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन्। देशभरका विभिन्न नदी, नाला र तलाउहरुमा स्नान गर्नेहरुको घुईचो देख्न सकिन्छ।
काठमाडौंको गुह्यश्वरी, वाग्मती किनारामा नुहाउनेको घुईँचो देख्न सकिन्छ। आजको दिन रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो।











No ads found for this position


Facebook Comment