ओलीको सन्तान हुनुमा गौरव छः महेश बस्नेत

डिसी नेपाल
२६ भदौ २०७८ १७:२९
432
Shares

काठमाडौँ । नेकपा एमालेको नेता महेश बस्नेतले मकवानपुरका प्रतिनिधिसभा सदस्य विरोध खतिवडालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्तान हुनुमा गर्व भएको बताएका छन् ।

शनिबार राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले युवा पंक्तिले नै नेकपा एमाले चाहेको भन्दै सुरुमा सडकमा उफ्रिएको बताए । एमाले दुई धारमा देखिदा पार्टीको नेताहरु नै कता जाने स्पष्ट नहुँदा युवा पंक्ति सडकमा उत्रिएको बस्नेतको दाबी छ ।

बस्नेतले भने, ‘नेपाली इतिहासमा प्रचण्डको छोरा छँदा के गर्थे ? छोरी ज्वाँई के गर्छन् ? बाबुरामको श्रीमतीले के गरिन् ? शेरबहादुर देउवाको श्रीमती के गर्दैछिन् देखिएको छ । नेपालको ठेक्का पट्टा र विकासका योजना बालुवाटरमा बसेर होइन होटलमा बसेर सेटिङ गर्ने गर्ने श्रीमती भएका नेताको अवैध छोराछोरी हुनुभन्दा केपी ओलीका सन्तान भएकोमा हामीलाई गौरव छ, यही कुरा विरोध खतिवडालाई बुझाउन चाहेको छु ।’

यसैगरी युवा संघका केन्द्रिय सदस्य तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले नेकपा एमाले मकवानपुरले जिताएर कांग्रेससँग मिल्न जनताले भोट हालेर उनीहरुलाई नपठाएको बताए । चौलागाईले युवा संघ अब पार्टीको प्रतिरक्षामा उत्रने बताए । एमालेको गलत प्रचार गरेमा युवाहरुले त्यसको प्रतिवाद गर्ने चौलागाईले दाबी गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.